• २०८३ असार ३० | Tue, 14 Jul 2026

धुलिखेलमा-२ मा गाई–भैंसी बाँझोपन निवारण शिविर सम्पन्न

धुलिखेलमा-२ मा गाई–भैंसी बाँझोपन निवारण शिविर सम्पन्न

काभ्रेपलाञ्चोक । असार १ र २ गते धुलिखेल नगरपालिका–२, रविओपीमा गाई–भैंसीको बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।

पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, International Livestock Research Institute (ILRI) को सहकार्य तथा देउराली दुग्ध उत्पादन सहकारी संस्थाको समन्वयमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले करिब ३५ वटा गाई–भैंसीको स्वास्थ्य परीक्षण गरी बाँझोपनको समस्या पहिचान तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो ।

शिविरबाट स्थानीय पशुपालक कृषकहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । पशुहरूको प्रजनन क्षमता सुधार गर्दै दुग्ध उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

शिविरलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुहुने विशेषज्ञ चिकित्सकहरू डा. उमेश मण्डल र डा. आशीर्वाद पोख्रेलप्रति आयोजक तथा सहभागी कृषकहरूले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार ४, बिहीबार २१:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP