• २०८३ असार ३१ | Wed, 15 Jul 2026

विश्वकप-२०२६ः फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा

विश्वकप-२०२६ः फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा

काठमाडाैं । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप-२०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले एक एक गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो ।

त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३१, बुधबार ०६:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP