• २०८३ असार ३० | Tue, 14 Jul 2026

मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३१ करोडभन्दा बढीको बजेट

मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३१ करोडभन्दा बढीको बजेट

मण्डनदेउपुर, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३१ करोड ६५ लाख ५३ हजार ३८४ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगर सभामा नगरप्रमुख टोकबहादुर वाइवाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख विष्णुमणि नेपालले बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ रु. ७८ करोड ३० लाख ८५ हजार ९५२ अर्थात ५९.४८ प्रतिशत तथा चालुतर्फ रु. ५३ करोड ३४ लाख ६७ हजार ४३२ अर्थात ४०.५३ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाले कर्मचारीकाे तलब तथा प्रशासनिक खर्चका लागि रु. २७ करोड ९९ लाख ६६ हजार ५३४ छुट्याएको जनाएको छ ।

नगर सभामा वडा नं. ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले सुशासन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वडा नं. ११ का वडाध्यक्ष दिपेन्द्र लामाले विधायन समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध मण्डनदेउपुर निर्माणको प्रतिबद्धतासहित नगर सभा २०८३ सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १०, बुधबार २०:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP