• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

बीपी राजमार्गमा हायस गाडी दुर्घटना, तीन जनाको उद्धार

बीपी राजमार्गमा हायस गाडी दुर्घटना, तीन जनाको उद्धार

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, दुबैगैँडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको हायस सोमबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो ।

प्रहरीका अनुसार २०८३ कात्तिक २ गते बिहान करिब २ः२५ बजे बीपी राजमार्गको दुबैगैँडा सडकखण्डमा हायस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसीबाट प्रहरी नायब निरीक्षक प्रकाश पाण्डेको कमान्डमा तथा अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले दुर्घटनामा परेको हायसमा सवार तीन जनाको सकुशल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ।

उद्धार गरिएकामा हायस चालक इलाम नगरपालिका–६, इलामका ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाईं र उनका नौ वर्षीय छोरा रितिक आपागाईं रहेका छन् । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ३, सोमबार ०६:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP