• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आज विश्व जल तथा मौसम दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज विश्व जल तथा मौसम दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदैछ । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ याे दिवस मनाउन लागिएकाे हाे ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको थियाे ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको छ ।

विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएकाे योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ९, सोमबार ०३:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP