• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ८०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार ८०० कायम भएको छ ।

याे हप्ता आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार २ हजार ८०० रूपैंयाँले मूल्य घट्याे । यस्तै मंगलबार १ हजार २०० ले मूल्य घटेकाे थियाे ।

गत हप्ता आइतबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार सुनको मूल्य १ हजार ४०० रूपैंयाँले घटेको थियाे भने बुधबार ९०० रूपैंयाँले मूल्य घटेको थियाे । यस्तै बिहीबार २ हजार ४०० रूपैंयाँले मूल्य घट्याे भने शुक्रबार २ हजार ७०० रूपैंयाँले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ५५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३१, बुधबार ११:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP