• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

भोटेकोशीमा बाढीको बहाव पुनः बढ्याे, नदी तटिय क्षेत्रमा थप सतर्कता अपनाउन प्राधिकरणकाे आग्रह

भोटेकोशीमा बाढीको बहाव पुनः बढ्याे, नदी तटिय क्षेत्रमा थप सतर्कता अपनाउन प्राधिकरणकाे आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा अचानक बाढीको बहाव बढेकाे खबर आएकाे भन्दै रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार बिहानैदेखि भोटेकोशी नदीमा पानीको बहाव पुनः तीव्र रूपमा बढेको र नदीबाट अस्वाभाविक रूपमा पानी सुसाएको आवाज सुनिएको स्थानीय प्रशासनले जनाएको छ । नदीमा पानीको सतह अझै बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र विशेष सावधानी अपनाउन अनुरोध गरेको हाे ।

नदीमा आएको यो बहावसँगै तटीय क्षेत्रका गाउँबस्तीमा ठूलो त्रास फैलिएको छ । बाढी पूर्वानुमान शाखाले समेत बिहान ४:३० बजे नै प्रभावित क्षेत्रमा सूचना प्रसारित गर्दै सचेत रहन सन्देश प्रवाह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएकाले रसुवा, नुवाकोट, धादिंङसम्म नदी आसपासको क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। थप जानकारी प्राप्त हुनासाथ अपडेट गर्दै जाने छौैं।-राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण

हालसम्म ७ सय २४ जनाको शव फेला
रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार बेलुकी १९:३० बजेसम्म ७ सय २४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ४७ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ५८ जना, गोरखामा ५८ जना, तनहुँमा ३६ जना, नवलपरासी पूर्वमा १ सय ८४ जना र नवलपरासी पश्‍चिम ७९ जना गरी ७ सय २४ जनाको शव फेला परेको हो ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको छ ।

फाइल फाेटाे



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १४, आईतवार ०५:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP