• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य सामान्यरूपमा बढेकाे छ । आज प्रतितोला १ हजार ४०० रूपैंयाँले मूल्य बढेको हाे । आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८८ हजार ७०० कायम भएको छ । गत हप्ता आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार ५ हजार रूपैंयाँले मूल्य बढ्याे । मंगलबार ३०० रूपैंयाँले मूल्य बढेको थियाे ।

बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घट्याे भने बिहीबार १०० रूपैंयाँले मूल्य घटेको थियाे । शुक्रबार १० हजार ५०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । ४० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ७३० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ८, सोमबार १२:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP