• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नकाबधारी समूहद्वारा सिन्धुलीको घ्याङ्लेखमा एसबीआई बैंकबाट ३ करोड ११ लाख लुटपाट

नकाबधारी समूहद्वारा सिन्धुलीको घ्याङ्लेखमा एसबीआई बैंकबाट ३ करोड ११ लाख लुटपाट

सिन्धुली । नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा रहेकाे नेपाल एसबीआई बैंक लुटपाट गरेकाे छ ।

प्राप्त समाचार अनुसार काभ्रेको बनेपाबाट गएकाे नकाबधारी समूहले मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेकाे हाे ।

६ जनाको नकावधारी समूहले बैंकका सुरक्षा गार्डलाई समेत आक्रमण गरेर रकम लुटपाटपछि फरार भएको हो ।

प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाका हुन् । सबै लुटेरा बनेपाबाट चढेका बताइएकाे छ । जसमध्ये १ करोड ८० लाख नगद बरामद भएकाे र लुटेराहरुको खोजी कार्य जारी रहेकाे सिन्धुली प्रहरीले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३०, बुधबार ०४:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP