• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

सामुदायिक साकाेसकाे आयोजनामा प्रभात माविमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

सामुदायिक साकाेसकाे आयोजनामा प्रभात माविमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काभ्रेपलाञ्चोक । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४ को महेश्वरी कृषि सेवाकेन्द्र, बनेपा–४ नालाशेराको आयोजनामा विद्यार्थी लक्षित वित्तीय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

बनेपा–३ सुमारास्थित प्रभात माध्यमिक विद्यालयमा बुधबार (२०८३ भदौ २४ गते) आयोजित कार्यक्रममा माध्यमिक तहका विद्यार्थीलाई बचत तथा ऋणको महत्व, सहकारीले प्रदान गर्ने सेवा तथा सुविधाका साथै डिजिटल प्रविधिको प्रयोगसँग जोडिएका जोखिम र त्यसबाट सुरक्षित रहने उपायबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक जगन्नाथ दाहालले सहकारीले प्रदान गर्दै आएका सेवा तथा संस्थाको गुणस्तरबारे धारणा राख्दै आफू पनि संस्थाको शेयर सदस्य भएर सेवा उपभोग गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई आफ्ना अभिभावक तथा परिवारका सदस्यलाई सहकारीको सदस्य बन्न प्रोत्साहित गर्न आग्रह गर्दै विद्यार्थी लक्षित यस्ता कार्यक्रमले व्यावहारिक वित्तीय ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष लक्ष्मण दाहालले संस्थाको वर्तमान अवस्था तथा गतिविधिबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी विद्यार्थी, विद्यालय तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महेश्वरी कृषि सेवाकेन्द्रका प्रमुख सुमन रम्तेलले गर्नुभएको थियो भने सेवाकेन्द्र उपसमिति सदस्य गोविन्द सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सहकारी तथा वित्तीय क्षेत्रसम्बन्धी प्रशिक्षण र सहजीकरण संस्थाका वरिष्ठ अधिकृत जीवन सत्यालले गर्नुभएको थियो । विद्यार्थी उमेरदेखि नै बचतको बानी, वित्तीय अनुशासन तथा डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने वित्तीय व्यवहार र सचेतनाबारे आधारभूत जानकारी प्रदान गरेको आयोजकले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २४, बुधबार १८:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP