• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा दुई हजारको बृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा दुई हजारको बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला २ हजार रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १९ हजार कायम भएको छ। आइतबार ३ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार ७०० रुपैँयाँले मूल्य घटेकाे थियाे । मंगलबार ३ हजार ८०० ले बढेको थियो।

गत हप्ता आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार पनि ५ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार २ हजार ५०० रुपैँयाँले बढेकाे थियाे । बुधबार ११ हजार रुपैँयाँले मूल्य घट्याे । बिहीबार कारोबार भएन । शुक्रबार ४ हजार २०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य भने स्थिर छ । मंगलबार ३१० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ७२० रुपैंयाँ कायम भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २७, बुधबार १४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP