• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मंगलबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ काराेबार ?

मंगलबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। प्रतिताेला तीन सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५३ हजार ३०० रुपैंयाँ कायम भएको छ।

आइतबार सुनको मूल्य १ हजार ६ सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला १ हजार ४ सय रुपैंयाँले बढेकाे थियाे ।

गत हप्ता आइतबार प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे थियाे । मंगलबार पाँच हजार दुई सय रुपैंयाँले बढ्याे । बुधबार प्रतिताेला नौ सय रुपैंयाँले बढेकाे थियाे भने बिहीबार प्रतिताेला चार सय रुपैंयाँले घटेकाे थियाे । शुक्रबार प्रतिताेला २ हजार २ सय रुपैंयाँले बढ्याे ।

यस्तै चाँदीको मूल्य भने आज १० रुपैंयाँले बढेको छ। यससँगै आज  चाँदी ३ हजार पाँच सय ४५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे याे मूल्य हालसम्मकै उच्च हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १६, मंगलवार ०५:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP