• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

सुनको मूल्यमा २ हजार ४०० काे गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा २ हजार ४०० काे गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्यमा घटेकाे छ । आज प्रतितोला २ हजार ४०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ९०० रूपैंयाँ कायम भएको छ । याे हप्ता आइतबार प्रतितोला ३ हजार १०० रूपैंयाँले मूल्य घटेकाे थियाे ।

गत हप्ता आइतबार ९ हजार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ९०० रूपैंयाँले मूल्य घटेकाे थियाे भने मंगलबार ५०० रूपैयाँले घट्याे । बुधबार ८ हजार ८०० ले घटेकाे थियाे भने बिहीबार ७ हजार ६०० रूपैंयाँले मूल्य बढेकाे थियाे । शुक्रबार प्रतितोला २ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । ३५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ६९० रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २२, सोमबार ११:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP