• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

सुनको मूल्यमा ८ हजार ८०० काे गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ८ हजार ८०० काे गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएकाे छ । आज प्रतितोला ८ हजार ८०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९७ हजार ३०० रूपैंयाँ कायम भएको छ ।

याे हप्ता आइतबार ९ हजार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ९०० रूपैंयाँले मूल्य घटेकाे थियाे भने मंगलबार ५०० रूपैयाँले घट्याे ।

गत हप्ता आइतबार २ हजार ८०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने साेमबार ३ हजार २०० ले मूल्य बढ्याे । मंगलबार ५०० रूपैंयाँले मूल्य घटेकाे थियाे । यस्तै बुधबार प्रतितोला १०० रूपैंयाँले मूल्य घटेकाे सुन बिहीबार १ हजार २०० ले घट्याे । शुक्रबार भने २ हजार ४०० ले घटेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । बुधबार १८५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ५८० रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १७, बुधबार ११:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP