• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परेको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

साेमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, निता बगाले, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे र सिता पाण्डे तथा सोही वडाका कुलानन्द पाण्डे रहेका छन् ।

लोकनाथ पाण्डे हाल वालिङमा र कुलानन्द पाण्डे बुटवलको खैरेनीमा बस्दै आएका थिए । दुर्घटनामा घाइते भएका गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई थप उपचारका लागि मिर्मीबाट मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ। दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनामा घाइते भएकी निता बगालेको भने कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याएको थियो। दुर्घटना के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक १०, सोमबार १९:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP