• २०८३ असार ३१ | Wed, 15 Jul 2026

शेर्पा समुदायकाे ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदै

शेर्पा समुदायकाे ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ। पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथीका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ६, बुधबार ००:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP