काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ । आज सुन प्रतितोला ८०० रूपैंयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार याे हप्ता आइतबार प्रतितोला ११ हजार ७०० रूपैंयाँले घटेकाे सुन साेमबार भने तीन हजारले बढ्याे । आज प्रतिताेला २ लाख ८२ हजार ३०० रूपैंयाँ कायम भएकाे छ ।
यता आज चाँदीकाे मूल्य भने घटेकाे छ । २५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ३ हजार ९७० रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया