• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज सुन-चाँदीकाे मूल्यमा उच्च बृद्धि, नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ काराेबार ?

आज सुन-चाँदीकाे मूल्यमा उच्च बृद्धि, नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। आज सुन र चाँदी दुवैकाे मूल्य उच्च बृद्धि भएकाे छ । आज सुन २ हजार ४ सय र चाँदी ९५ रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे ।

याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ४० हजार ४ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे मूल्य भने ३ हजार २२० रुपैयाँ पुगेको छ। यी दुवै मूल्य अहिलेसम्मकै उच्च हाे ।

दशैं बिदापछि गत आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य गत शुक्रबार घटेकाे थियाे । शनिबार पुनः बढेकाे भए पनि आइतबार स्थिर रहेकाे थियाे।

यस्तै शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शनिबार बढेर तोलामा ३ हजार १२५ रुपैयाँ पुगेको थियाे ।

नेपाली बजारमा सुनकाे मूल्य गत आइतबार असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । गत साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन मंगलबार पनि २ हजार ३०० ले बढ्याे । बुधबार २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर शुक्रबार भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन गत शनिबार पुनः तीन हजारले बढेकाे थियाे ।

यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । मंगलबार २ लाख ३५ हजार चार सय कायम थियाे भने बुधबार २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन शुक्रबार भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे । शनिबार बढेर २ लाख ३८ हजार रुपैयाँ कायम भएकाे थियाे। आइतबार स्थिर थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २७, सोमबार ०५:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP