• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से परिसूचक १४.२१ अङ्कले बढ्याे, कति भयाे काराेबार ?

नेप्से परिसूचक १४.२१ अङ्कले बढ्याे, कति भयाे काराेबार ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १४.२१ अङ्कले बढेर २ हजार ९५०.१६ विन्दुमा पुगेको हाे।

आज कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता शेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा कुल १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १७८ कम्पनीको मूल्य बढेको छ । ८० कम्पनीको मूल्यमा गिरावट आउँदा ८ कम्पनीको शेयर मूल्य भने स्थिर छ।

आज बजारमा विकास बैंक, जीवन बीमा, ट्रेडिङ सूचक घटेको छ । म्युचुअल फण्ड को सूचक स्थिर हुँदा अरू सबै समूहका सूचक बढेका छन् भने पाँच वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर शीर्ष स्थानमा रह्यो । यसको ९४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १२, बिहीबार ०९:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP