• २०८३ असार ३१ | Wed, 15 Jul 2026

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) सम्बन्धी अन्तरक्रिया धुलिखेलमा सम्पन्न

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) सम्बन्धी अन्तरक्रिया धुलिखेलमा सम्पन्न

धुलिखेल । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचना सहजीकरण तथा शान्ति–सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले अध्यागमन विभागद्वारा विकास गरिएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System–FNMIS) सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ ।

अध्यागमन विभागले मिति २०८२ पुस १७ गतेदेखि कार्यान्वयनमा ल्याएको FNMIS प्रणालीबारे जानकारी गराउने तथा विदेशी नागरिकलाई सेवा प्रदान गर्ने होटल, रिजोर्ट, पर्यटन व्यवसायी, संघ–संस्था र अन्य सरोकारवालाहरूलाई प्रणालीमा दर्ता (User Credential Creation) तथा अन्तरआबद्धतासम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी भोला गुरागाईं, होटल व्यवसायी, पर्यटन उद्यमी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्तर्क्रियामा अध्यागमन विभागका प्रतिनिधिहरूले FNMIS प्रणालीको आवश्यकता, सञ्चालन प्रक्रिया, प्रयोग विधि तथा विदेशी नागरिकको विवरण समयमै प्रणालीमा अद्यावधिक गर्दा सुरक्षा व्यवस्थापन, सूचना प्रवाह तथा सेवा प्रवाहमा हुने सहजताबारे विस्तृत जानकारी दिएका थिए । सहभागीहरूले प्रणाली कार्यान्वयनसँग सम्बन्धित जिज्ञासा राखेका थिए भने विभागका अधिकारीहरूले त्यसको जवाफ दिएका थिए ।

अध्यागमन विभागका अनुसार FNMIS प्रणाली कार्यान्वयनसँगै विदेशी नागरिकको अभिलेख व्यवस्थापनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउँदै सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच सूचना आदान–प्रदानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १९, शुक्रबार १८:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP