• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एक हप्तामा प्रतितोला चार हजार दुई सयले बढ्यो सुनको मूल्य

एक हप्तामा प्रतितोला चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा गत हप्ता सुनकाे मूल्य बढेकाे छ । हप्ताभरिकाे काराेबारमा प्रतितोला चार हजार दुई सयले भाउ बढेकाे हाे ।

मंसिर १९ गते शुक्रबार प्रतिताेला २ लाख ५२ हजार ४०० मा काराेबार भएकाे सुन आइतबार २ लाख ५२ हजार २०० मा काराेबार भयाे ।

यस्तै साेमबार ७०० ले बढेर २ लाख ५२ हजार ९०० मा र मंगलबार एक हजारले घट्दै २ लाख ५१ हजार ९०० मा काराेबार भएकाे थियाे ।

बुधबार २ लाख ५२ हजार १०० र बिहीबार २ लाख ५३ हजार एक सयमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने ह्वात्तै बढ्दै २ लाख ५६ हजार ६०० पुगेकाे थियाे ।

यस्तै चाँदीकाे मूल्यमा पनि उच्च बृद्धि भएकाे छ । गत साता शुक्रबार प्रतिताेला ३ हजार ५५५ मा काराेबार भएकाे सुन याे हप्ताकाे शुक्रबारसम्म आइपुग्दा ३ हजार ९०५ रुपैंयाँमा काराेबार भएकाे थियाे । याे मूल्य हालसम्मकै उच्च हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार ०४:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP