• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आजकाे माैसमः देशभर बदली र वर्षाकाे सम्भावना

आजकाे माैसमः देशभर बदली र वर्षाकाे सम्भावना

काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ ।

हाल देशभर साधारणतया बादल लागिरहेको छ । कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसाे पनि देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली तथा पहाडी भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थानमा वर्षा हुनेछ ।

मधेस प्रदेश र कोशी प्रदेशका तराई भागका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १५, सोमबार ०६:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP