• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट थप १३ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट थप १३ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्रामसहित सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुदिप कालेकोटेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलो ३ सय २० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय अजय सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । क्याथे प्यासेफिक एयरको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-४ चियादोकानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम र नगद १३ हजार रूपैयाँसहित सोही नगरपालिका-९ बस्ने २८ वर्षीय मनिश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-९ चियाबगान माछाखाँडी बस्ने ३० वर्षीय पपे भन्ने राजु सुनुवारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २० वर्षीय विधित विश्वकर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, ट्रामाडोल ४ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय विकास विश्वकर्मा र २८ वर्षीय विश्व राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय शिव विश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८० ट्याब्लेट, डाइक्लोमाइन १ हजार ५ सय ९० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँसहित भोजपुर, भोजपुर नगरपालिका-७ बस्ने २१ वर्षीय युजिन श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-८ कुनवार चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुलसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पालिनन्दन गाउँपालिका-६ पडरी बस्ने २३ वर्षीय रामदिप पछिमा थारू र २५ वर्षीय रामबचन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एडब्लु ०९२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-५ थसीखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५० मिलिग्राम, नगद ८ हजार ५ रूपैयाँ, विदेशी मुद्राहरू र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका ३७ वर्षीय दिलिपकुमार गिरी र सुनसरी घर भएका ३७ वर्षीय अजय गुरूङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १, मंगलवार ११:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP