• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

बुडोल सामुदायिकको सदस्य जागरण तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न

बुडोल सामुदायिकको सदस्य जागरण तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (बुसा)ले सदस्यहरूलाई संस्थाको व्यवसाय, परिवर्तित नियम, सदस्यका काम, कर्तव्य तथा अधिकारबारे जानकारी गराउने उद्देश्यले सदस्य जागरण तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको बनेपा सेवाकेन्द्रमा बुधबार (भदौ १७ गते) आयोजित कार्यक्रममा बुसामा आबद्ध सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको व्यवसायिक गतिविधि, सहकारीका पछिल्ला नियम तथा सदस्यको भूमिका र जिम्मेवारीका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ अधिकृत उमेश आचार्यले प्रस्तुतीकरणमार्फत सदस्यहरूलाई संस्थाको कार्यप्रणाली, सदस्यका अधिकार तथा कर्तव्यलगायतका विषयमा जानकारी गराएका थिए । प्रस्तुतीकरणपछि सहभागी सदस्यहरूले संस्थासँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए । सदस्यहरूले राखेका जिज्ञासाको संस्थाका अध्यक्ष कैलाश के.सी.ले सम्बोधन गरेका थिए ।

कार्यक्रमले सदस्य र संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकारीका गतिविधि तथा नीतिनियमबारे सदस्यहरूलाई थप सुसूचित र जागरुक बनाउन सहयोग पुगेको संस्थाले जनाएको छ । बुसाले सदस्यसँग निरन्तर संवाद र अन्तरक्रियालाई संस्थाको सबल आधारका रूपमा लिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १७, बुधबार १८:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP