• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशभर बैङ्क तथा वित्तीय संस्थाकाे संख्या कति छ ?, निक्षेप खाताकाे संख्या कति ?

देशभर बैङ्क तथा वित्तीय संस्थाकाे संख्या कति छ ?, निक्षेप खाताकाे संख्या कति ?

काठमाडौँ। देशभरका बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या कति छ ? याे जिज्ञासा उठ्नु स्वभाविक हाे।

यस विषयमा नेपाल राष्ट्र बैङ्कले एक तथ्याङ्क सार्वजनिक गरेकाे छ। जसअनुसार ६ करोड चार लाखभन्दा बढी खाता रहेकाे पाइएकाे छ। यस्तै कर्जा खाता करिब २० लाख नजिक पुगेको तथ्यांक छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनासम्म निक्षेप खाता ६ करोड चार लाख ५३ हजार ५९३ रहेकाे राष्ट्र बैङ्कले जनाएकाे छ । सोही अवधिमा कर्जा खाता सङ्ख्या १९ लाख ९३ हजार २३४ रहेको छ।

जसमा वाणिज्य बैङ्कमा पाँच करोड १८ लाख ५६ हजार २५२ निक्षेप खाता रहेका छन् । यस्तै विकास बैङ्कमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीमा १० लाख १९ हजार २८१ खाता रहेका छन् ।

यस्तै कर्जा खाता सङ्ख्या पनि वाणिज्य बैङ्कमा १६ लाख ६२ हजार ३४२ रहेको छ भने विकास बैङ्कमा दुई लाख ६७ हजार ३०३ तथा वित्त कम्पनीमा ६३ हजार ५८९ रहेको छ।

राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको छ। जसमध्ये २० वटा वाणिज्य बैङ्क, १७ वटा विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा छन् ।

यस्तै बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या भदौ मसान्तसम्म ११ हजार ५१२ पुगेको राष्ट्र बैङ्कले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ११, मंगलवार १२:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP