• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

सडक खन्ने क्रममा चौरीदेउरालीमा पहिरोले स्काभेटर पुरियाे, चालकको मृत्यु

सडक खन्ने क्रममा चौरीदेउरालीमा पहिरोले स्काभेटर पुरियाे, चालकको मृत्यु

काभ्रे । जिल्लाकाे चौरीदेउराली गाउँपालिका वडानम्बर ७ टाडीगाँउमा मंगलबार सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएकाे छ ।

मध्यपहाडी लोकमार्गको साे सडक खण्डमा सडक ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुङ्गासहितको ढिस्को खसेर बा २ क २७९२ नं. को स्काभेटर पुरिएकाे थियाे ।

साे दुर्घटनामा रौतहट जिल्ला पौराही गाउँपालिका वडानम्बर ३ बस्ने बर्ष ४१ को दिलिप स्मालीको मृत्यु भएकाे हाे । स्काभेटरको क्याविनभित्र च्यापिन गई उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २२, मंगलवार २१:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP