• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे माैसमः मनसुनी वायु तथा स्थानीय वायुको प्रभाव कमजोर

आजकाे माैसमः मनसुनी वायु तथा स्थानीय वायुको प्रभाव कमजोर

काठमाडौँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागका थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार ०१:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP