काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेटसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोट बस्ने १९ वर्षीय काले भन्ने नितेश विकसमेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेटसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले नितेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया गाउँपालिका-९ टेपरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश राणा र ३१ वर्षीय गेदबहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-२ पिपल चौतारा प्रतिक्षालय नजिकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-३ बस्ने २९ वर्षीय बिशाल थापा मगर र कोहलपुर नगरपालिका-१ बस्ने ४८ वर्षीय जगतबहादुर परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-३ नौघरे डेरा गरी बस्ने धादिङ घर भएकी ६० वर्षीया ज्ञानुकुमारी श्रेष्ठ र उनकै छोरा ३७ वर्षीय प्रकाश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ९ सय ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २० ट्याब्लेटसहित गोदावरी नगरपालिका-१४ लाखेटोल बस्ने २२ वर्षीय राजिब भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । जुम्ला, तातोपानी गाउँपालिका-५ बस्ने २० वर्षीय वरिष्ठ डाँगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत कक्षमा रहेका थुनुवालाई भेट्न आएका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ दूधपानी खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ राजवास बस्ने २४ वर्षीय दिपेन्द्र मोची, इटहरी उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय दिपेश चौधरी र २८ वर्षीय सरोज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०४४ प ७२२९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २१ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सुजन लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया