काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
Facebook VideoLoading video...
प्रतिक्रिया