• २०८३ असार ३१ | Wed, 15 Jul 2026

निर्वाचनमा रेडक्रस काभ्रेले जिल्लाका सबै पालिकामा प्राथमिक उपचार टोली खटाउने

निर्वाचनमा रेडक्रस काभ्रेले जिल्लाका सबै पालिकामा प्राथमिक उपचार टोली खटाउने

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेले प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित निर्वाचन केन्द्रीत प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारीस्वरुप अभिमुखीकरण प्रदान गरिएको हो ।

जिल्लाका १३ पालिकामध्ये ६ वटा समूह विभाजन गरि विभिन्न ६ वटा प्राथमिक उपचार टोली गठन गरिएको रेडक्रसले जनाएको छ । जिल्लामा सुरक्षाकर्मी, प्रशासन र स्थानीय स्वास्थ्य केन्द्रसँगको समन्वयमा टोली परिचालन हुने रेडक्रस काभ्रेका मन्त्री राजु सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका कुन पालिकाका मतदान केन्द्रहरु कति जोखिममा छन् भन्ने पहिचान गरि सोही अनुसार टोली परिचालन गरिनेछ । जस अन्तर्गत रोशी, तेमाल र नमोबुद्धमा मोहन हुमागाईं संयोजक रहेको टोली, महाभारत र खानीखोलामा राजु सिग्देल संयोजक रहेको टोली खटिनेछ ।

यस्तै पाँचखाल र मण्डनदेउपुरमा बिलबहादुर श्रेष्ठ, बनेपा र धुलिखेलमा पुण्यवती घले, पनौती र बेथानचोकमा शिवराम आचार्य तथा भुम्लु र चौंरीदेउरालीमा गोकुल बानियाँ संयोजक रहेको टोली परिचालन हुनेछ ।

जिल्लाभरिमा कूल ६ टोलीमा ५१ जना सदस्य रहने र ती टोलीहरुले मतदाताहरुका लागि आवश्यक परेमा प्राथमिक उपचार सेवा र एम्बुलेन्स सेवा प्रदान गर्नेदेखि रेडक्रसको लोगोको दुरुपयोग भए नभएकोसमेत अनुगमन गर्नेछ ।

निर्वाचनका क्रममा हुन सक्ने कुनै अप्रिय घटनाहरुबाट आवश्यक उपचारमा टोलीले महत्वपूर्ण भूमिका खेल्नेछ । यस्तै सम्भव भएसम्मका उपचार सेवाहरुमा पनि रेडक्रसले काम गर्ने बताइएको छ ।

बुधबारको कार्यक्रममा शाखा उपसभापति पुष्पा खड्काले सदस्यहरुलाई अभिमुखीकरण प्रदान गर्नुभएको थियो भने शाखा सभापति देवेन्द्रप्रसाद भैलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १३, बुधबार १२:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP