सिन्धुपाल्चाेक । नमुना युथ एक्टिभ ग्रुपकाे आयोजनामा मंगलबार दीपावली साँझ तथा साँस्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेशका ऊर्जा जलस्रोत सिंचाइ मन्त्री कृष्णकुमार तामाङ, पूर्वमन्त्री युवराज दुलाल, निमा लामा, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान र वडा अध्यक्षहरूकाे उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेलम्ची नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पासङ तामाङले सम्पूर्ण नेपालीलाई दीपावली तथा छर्ठ पर्वको शुभकामना व्यक्त गर्दै मेलम्ची, हेलम्बु र पाँचपोखरीको स्थानीय फटेमा पक्की पुल नहुँदा समस्यामा रहेको बताउनुभयो । २०७८ साल असार १ गतेकाे बाढीका कारण पुल बगाएपछि समस्या भएको बताउनुभयो।
कार्यक्रममा प्रकाश तितुङ, आसमान लाेप्चन, ओम वाईवा, नेपाल आइडल विजेता गंगा साेनाम, भिमसेन खतिवडा, दिपेन्द्र साेनाम साथमा Verstile dance group काे प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा वरिष्ठ बाँसुरी बाधक नगेन्द्र राईको बाँसुरीकाे धुनले थप मनोरञ्जन प्रदान गरेकाे थियो। साेही कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपाल आइडल विजेता गंगा साेनामलाई दाेसल्लासहित सम्मान पत्र प्रदान गर्नुभयो। कार्यक्रम शिरबहादुर अभि तामाङकाे अध्यक्षतामा भएको थियो भने कार्यक्रमकाे सञ्चालन विपासना तमाङ तथा कलाकार याेगेश लामाले गर्नुभएकाे थियो ।
प्रतिक्रिया