• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

पश्चिम नेपालबाट बाहिरियाे यस वर्षको मनसुन

पश्चिम नेपालबाट बाहिरियाे यस वर्षको मनसुन

काठमाडौँ। यस वर्षको मनसुन बाहिरिएकाे छ। असाेजकाे तेस्राे साता देशभर अविरल वर्षा भएसँगै मनसुन आजदेखि बाहिरिएकाे हाे ।

सामान्यतया अक्टाेबर २ मा मनसुन बाहिरिने गरे पनि यस वर्ष करिब एक हप्तापछि बाहिरएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ।

यद्यपी पानी पर्ने क्रम भने केही दिन अझै रहन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २०, सोमबार ०९:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP