• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, अधिकांश भागमा बदली

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, अधिकांश भागमा बदली

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ५, मंगलवार ०१:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP