• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

अपडेटः वाढीपहिराेबाट ४४ जनाकाे मृत्यु, १६ घाइते (सूचीसहित)

अपडेटः वाढीपहिराेबाट ४४ जनाकाे मृत्यु, १६ घाइते (सूचीसहित)

काठमाडौँ । असाेज १७ गतेदेखि हालसम्म भइरहेकाे वाढीपहिराेबाट आज दिउँसाे ४ बजेसम्म ४४ जनाकाे मृत्यु भएकाे छ।

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर इलाममा ३७ जना, खाेटाङ र उदयपुरमा खाेलाले बगाएर एक / एक जना तथा राैतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा दुई जनाकाे मृत्यु भएकाे हाे ।

यस्तै इलाममा एक र रसुवामा चार जना गरि ५ जना बेपत्ता भएका छन्, १६ जना घाइते छन् ।

प्राधिकरणले दिएकाे जानकारी अनुसार इलाममा पहिराेमा परेर ८ जना, पाँचथरमा एक जना, भाेजपुरमा चट्याङ लागेर तीन जना, खाेटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन्।

यसबीचमा इलाममा दुई जनाकाे हेलिकाेप्टरबाट उद्धार गरिएकाे प्राधिकरणले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ११:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP