• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पहिराेले अवरुद्ध बीपी राजमार्ग अझै संचालनमा आएन, खुलाउने प्रयास जारी

पहिराेले अवरुद्ध बीपी राजमार्ग अझै संचालनमा आएन, खुलाउने प्रयास जारी

धुलिखेल । बिहीबार रातिदेखि पहिराेले अवरुद्ध बीपी राजमार्ग अझै सुचारु हुन सकेकाे छैन । खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

यस राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रकाे खण्डमा आधा दर्जनभन्दा बढी ठाउँमा लेदाेसहितकाे पहिराे खसेर सडक अवरुद्ध भएपछि अहिले खुलाउने प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएकाे छ।

प्रहरीले दिएकाे जानकारी अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना, नार्केलगायतका स्थानहरूमा पहिरो तथा लेदो खसेर दुईतर्फी रुपमा सडक अवरोध भएकाे छ।

अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्नु हुन प्रहरीले सर्वसाधारणका लागि अनुरोध गरेकाे छ ।

याे ठाउँमा जाेखिम हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यसअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार साँझदेखि बीपी राजमार्गकाे काभ्रे भञ्ज्याङदेखि सिन्धुलीसम्मकाे खण्डमा सवारी साधन संचालनमा निषेध गरेकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १५, शनिबार ०४:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP