• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज कुन–कुन प्रदेशमा छ वर्षाकाे सम्भावना ?

आज कुन–कुन प्रदेशमा छ वर्षाकाे सम्भावना ?

काठमाडौं । देशका केही भागमा आज वर्षा हुनेछ । केही स्थानमा भने तातो दिन हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भागका साथै कोशी प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ ।

मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा मौसम सफा रहनेछ । हिमाली र पहाडी भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका साथै कोशी प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल कोशी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भाग, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ११, बिहीबार ०६:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP