काठमाडौँ । आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार शनिबारभन्दा आइतबार पानी पर्ने गतिविधिहरू बढ्न सक्ने र आइतबारभन्दा साेमबार झनै बढ्न सक्ने सम्भावना छ ।
सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । तसर्थ, विभागको पछिल्लो सूचनामा अद्यावधिक रही सावधानी अपनाउनु हुन र आफ्ना कामहरू गर्नुहुन महाशाखाले अनुरोध गरेकाे छ ।
प्रतिक्रिया