• २०८३ असार ३१ | Wed, 15 Jul 2026

स्ट्याम्प नक्कल गरी कीर्ते गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

स्ट्याम्प नक्कल गरी कीर्ते गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । कीर्ते गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर नगरपालिका-६ डेरा गरी बस्ने बुढीगंगा नगरपालिका-५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका-९ स्थित फोटो स्टुडियो संचालन गरी बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-८ घर भएका २७ वर्षीय सन्तोष पौडेलल रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १८, शुक्रबार ०९:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP