• २०८३ भाद्र ४ | Thu, 20 Aug 2026

तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, अनुसन्धानको क्रममा दुई जना पक्राउ

तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, अनुसन्धानको क्रममा दुई जना पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा दुई जना पक्राउ परेका छन् ।

भदौ २ गते जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र जितपुरसिमरा बस्ने ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो । थप अनुसन्धानका क्रममा नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार बालिका साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन् । अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ ।

घटनाको अनुसन्धानका क्रममा ना.१ज ७७५८ नम्बरको म्याजिकका सहचालक निज १६ वर्षीय बालक तथा उक्त म्याजिकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३, बुधबार १७:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP