• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सिन्धुपाल्चाेककाे सुकुटेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सिन्धुपाल्चाेककाे सुकुटेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे सुकुटेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो १२:३० बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १०, सुकेटेस्थित अरनिको राजमार्गमा बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा.प्र. ०२-०२२ प ४७५४ नम्बरको मोटरसाइकल सोही दिशातर्फ अगाडि जाँदै गरेको बा.प्र. ०२-०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडि ठक्कर खाएर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनामा बा.प्र.०२-०२२ प ४७५४ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २३ का सन्तोष गुवाजु गम्भीर घाइते भई उपचारका लागि सिन्धु सदावहार अस्पताल लगिएकोमा दिउँसाे एक बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित दुवै मोटरसाइकल तथा बा.प्र.०२-०१७ प ९५२८ नम्बरको मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेका छन् । सो स्थानमा यातायात आवागमन सुचारू रहेको जिप्रका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २, शुक्रबार ०९:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP