• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेमा नक्कली प्रहरी बनेर रकम असुल्ने व्यक्ति पक्राउ

काभ्रेमा नक्कली प्रहरी बनेर रकम असुल्ने व्यक्ति पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा आफूलाई सादा पोशाकको CID प्रहरी भन्दै ट्रिपर छुटाइदिने बाहानामा सेवाग्राहीसँग रकम माग गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष टोली परिचालन गरी ४५ वर्षीय रोजबहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीको नाम दुरुपयोग गरेर ठगी गर्ने गतिविधिविरुद्ध कडा कारबाही हुने भन्दै जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP