• २०८३ असार ३१ | Wed, 15 Jul 2026

ट्रकको पछाडि स्कुटर ठोक्किँदा चितवनमा दुई युवाको मृत्यु

ट्रकको पछाडि स्कुटर ठोक्किँदा चितवनमा दुई युवाको मृत्यु

चितवन । चितवन जिल्लाकाे भरतपुर महानगरपालिका-१५ अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा भरतपुर महानगरपालिका-२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका २० बस्ने १९ वर्षीय राजिव गुरुङ गम्भीर घाइते भएको र उपचारको क्रममा बिहान २:४० बजे मृत्यु भएको हो ।

ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका-३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ८, सोमबार ०७:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP