• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

अवैध लागूऔषध काराेबारीहरुकाे संख्या हरेक दिन बढ्दाे, विभिन्न स्थानबाट थप २२ जना पक्राउ

अवैध लागूऔषध काराेबारीहरुकाे संख्या हरेक दिन बढ्दाे, विभिन्न स्थानबाट थप २२ जना पक्राउ

काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २२ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-३ तिलिङ्गेटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्रामसहित काठमाडौं टोखा नगरपालिका-१० गणेशस्थान बस्ने तनहुँ घर भएका २८ वर्षीय लबिङ गुरूङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले बा.४० प ८५६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बाईपास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट र नगद ३५ हजार रूपैयाँसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बाईपास बस्ने ३१ वर्षीय रन्जन नगरकोटी र सोही महानगरपालिका-१६ गंगाहल बस्ने काभ्रे घर भएका २८ वर्षीय दिपक तामाङ रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.प्र.०२-०३८ प ९०६८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-४ एफ गाउँ ३७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रकाश रोकाया र २४ वर्षीय आगमन डाँगी रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४ प ०१८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खजुरा गाउँपालिका-४ बस्ने ४२ वर्षीय गम्भिर थापा मगरबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात गम्भिरको घर तलासी अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्रामसहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, गैडहवा गाउँपालिका-३ गोबडौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र गैडहवा गाउँपालिका-४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले महेश कुर्मीको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ७० मिलिग्राम र डिजिटल तराजु फेला बरामद गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ शिवटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष राना र २५ वर्षीय प्रदिप राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

इलाम, इलाम नगरपालिका-६ लोक सेवा मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्रामसहित इलाम नगरपालिका-५ पिपलबोटे बस्ने २० वर्षीय संजोग बराइली समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ सुनाफाटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र कडायतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ सरोज पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय नितेश ओलीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-१ लावरबोटेबाट अवैध लागूऔषध गाँजा १४ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शहिदभुमि गाउँपालिका-४ बस्ने २१ वर्षीय दिनेश राई र २० वर्षीय प्रमोद राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-०५८ प ७८३३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ जात्रुवाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २८ वर्षीय जेनिस चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-२ बैरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय निरञ्जन यादवलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-११ भोजाडचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट र भोमिन ४ सय ८० ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-६ बस्ने ४३ वर्षीय राम तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले पदमपुरबाट भोजाडतर्फ आउँदै गरेको ना.२ ह २९४५ नम्बरको अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

स्याङ्जा, भिरकोट नगरपालिका-४ छाङछाङ्दीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वालिङ नगरपालिका-८ बिपि चोक बस्ने ३७ वर्षीय रोशन परियार र सोही नगरपालिका-८ भिआईपि टोल बस्ने ३४ वर्षीय पुकार लोहोनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले वालिङबाट भिरकोटतर्फ जाँदै गरेको ग.२३ प ४०४२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ८, शुक्रबार १३:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP