• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बनेपा नगरपालिकाद्वारा आमा–बाबुविहीन ११ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण

बनेपा नगरपालिकाद्वारा आमा–बाबुविहीन ११ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण

बनेपा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आमा–बाबुविहीन ११ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पालनपोषणमा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बनेपा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा आमा–बाबुविहीन बालबालिकाहरूलाई आर्थिक सहुलियतस्वरूप सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो । उक्त सहयोगले बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा दैनिक जीवनयापनमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला सापकाेटा दाहाल, अन्य जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा अभिभावकहरूको सहभागिता रहेको थियो । वक्ताहरूले बालबालिकाको संरक्षण, शिक्षा र समुचित विकासका लागि स्थानीय तह र प्रदेश सरकारको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

बनेपा नगरपालिकाले यस्ता सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै जोखिममा रहेका तथा अभिभावकविहीन बालबालिकाको जीवनस्तर सुधारमा विशेष ध्यान दिइरहेको उपप्रमुख सापकाेटाले बताउनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २, मंगलवार २०:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP