बनेपा । काभ्रेकाे प्रतिष्ठित बचत तथा ऋण सहकारी संस्था बुडाेल सामुदायिकद्वारा जेनजी आन्दाेलनका क्रममा आगजनी र ताेडफाेड गरिएकाे इलाका प्रहरी कार्यालय बनेपालाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएकाे छ ।
आइतबार कार्यालयमै पुगेर संस्थाका प्रतिनिधीहरुकाे टाेलीले एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेकाे हाे । गत भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भएको आगजनीबाट साे प्रहरी कार्यालय पूर्णरुपमा जलेको थियो ।
समुदायप्रतिको उत्तरदायित्व बहन गर्ने क्रममा यस संस्थाले बनेपा इलाका प्रहरी कार्यालयलाई चौरानब्बे हजार पाँचसय रूपैयाँ मूल्य बराबरका कम्प्युटर १ सेट र प्रिन्टर १ थान हस्तान्तरण गरेको कार्यालयका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयाे ।
जनताको जीउधनको सुरक्षा प्रदान गर्ने निकायलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष कैलाश के.सी. ले बताउनुभयाे । साे अवसरमा संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थितीमा इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया