धुलिखेल । बीपी राजमार्ग र अरनिको राजमार्गमा आवतजावत गर्ने सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन बन्द गरिएको छ ।
आज बसेकाे जिल्ला सुरक्षा समिति काभ्रेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । निर्णय अनुसार यी दुई मार्गमा आजदेखि असाेज २० गते अतिआवश्यक बाहेक सबै सवारी साधन बन्द हुने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

साथै बैठकले काठमाडाैं जाने र काठमाडाैंबाट काभ्रे आउने सवारी साधनलाई राेक लगाउने निर्णयलाई कडाईका साथ लागू गर्ने पनि निर्णय गरेकाे छ।

प्रतिक्रिया