• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ कुमारीगालबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४७ ग्राम १ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी मनरा शिसवा नगरपालिका-२ घर भएका ३१ वर्षीय संदिप सिंह र मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला घर भएका ४५ वर्षीय अम्बरबहादुर दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले संदिपलाई ८१ ग्राम ४ सय मिलिग्राम र अम्बर बहादुरलाई ६५ ग्राम ७ सय ३० मिलिग्राम उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्रामसहित उदयपुर वेलका नगरपालिका-३ घर भएका ३१ वर्षीय सागर कुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-९ कोरूङखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गौरीगञ्ज गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश यादव, तनहुँ म्याग्दे गाउँपालिका-६ बस्ने २८ वर्षीय उत्तम सिंजाली मगर र रसुवा आमाछोदिङमो गाउँपालिका-३ बस्ने २२ वर्षीय सागर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ११९१ नम्बरको हायसमा सवार रमेशलाई २ सय ४० मिलिग्राम र बा.५ ख ६०२९ नम्बरको हायसमा सवार उत्तम र सागरलाई ३ ग्राम ६ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुर ढाँटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ सय ४० किलोग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई जाँच गर्दा क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको पदार्थ फेला पारी चालक जितबहादुर र सहचालक नवराजलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-६ बस्ने २५ वर्षीय नबिन चौधरी र २२ वर्षीय शुसिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५४ ग्राम ६० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बेलासपुर बस्ने ४३ वर्षीय सुवोध क्षेत्री र बैजनाथ गाउँपालिका-१ बस्ने ३२ वर्षीय यामबहादुर बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-११ यादव चोक बस्ने २९ वर्षीया इन्दुदेवी यादवलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ८ सय ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नरेश उराउलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्रामसहित कचनकबल गाउँपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, कन्काई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय अनिश विक र दमक नगरपालिका-३ बस्ने २६ वर्षीया रेस्मी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयातालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने ४१ वर्षीय दिनेश कुमार थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ८० मिलिग्रामसहित बाँसगढी नगरपालिका-३ सुन्दरबस्ती बस्ने २८ वर्षीया कृष्णा खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ६, आईतवार ०७:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP