• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः केही प्रदेशमा हावाहुरीसहित वर्षा हुने

आजकाे माैसमः केही प्रदेशमा हावाहुरीसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भागका केही स्थानहरू तथा बाँकी भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

राति, कोशी प्रदेशलगायत देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशीलगायत वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १७, मंगलवार ०१:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP