• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

सर्वसाधारणका लागि महानवमीका दिन मात्र खुल्ला हुने ‘तलेजु भवानीकाे मन्दिर’

सर्वसाधारणका लागि महानवमीका दिन मात्र खुल्ला हुने ‘तलेजु भवानीकाे मन्दिर’

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि तलेजु भवानी मन्दिर बिहानैदेखि खुला भएको छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज हजाराैं भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजया दशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ४, मंगलवार ०६:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP