• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेको महाभारत गाउँपालिकामा लगातार तेस्राे पटक शून्य बेरुजु

काभ्रेको महाभारत गाउँपालिकामा लगातार तेस्राे पटक शून्य बेरुजु

धुलिखेल । काभ्रेको महाभारत गाउँपालिकाले याे पटक पनि शून्य बेरुजु कायम गर्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो ६३औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब १३ कराेड ७१ लाख ९० हजारकाे लेखा परीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।

गत वर्ष पनि पालिकाकाे १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा देशकै शून्य बेरुजु भएको एक मात्र पालिका भएकाे थियाे ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार विगत तीन वर्षयता पालिकाको बेरुजु शून्य छ । जिम्बाले देशभरिमै आफ्नो गाउँपालिका एक मात्र शून्य बेरुजु भएको पालिका भएको दाबी गर्नुभयाे । यसका लागि सहयाेग गर्नुहुने सबैमा उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार २०:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP